सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको मृत्यु

लोकपथ
133
Shares

धनगढी-टेकसिंह धामी । सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको ज्यान गएको छ।

गत शनिवारदेखि यो शनिवारसम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन्। निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८-१८ जनाको ज्यान गएको छ। डडेल्धुरा र अछामका २र२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १-१ जना संक्रमितले ज्यान गुमाएका छन्।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?