काठमाडौं । आज वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने महाशाखाको भनाई छ ।
त्यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया