पार्किङमा राखिएको कारमा तीन जना बालकको शव फेला

लोकपथ
245
Shares

दाङ। दाङमा भारतीय नम्बर प्लेटको गाडीमा तीन जना बालकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-६, स्याउलीबजार नजिक भारतीय नम्बर प्लेटको गाडीभित्र तीन शव फेला परेको हाे।

जे ०१ ६६ ०८८५ नम्बरको निशान कारभित्र शव फेला परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार शव पार्किङ्ग गरेको गाडीमा फेला परेको हो । कार गत माघ महिनादेखि पार्किङ्ग गरिएको पाइएको छ। शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?