यो साता तपाईको कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

लोकपथ
13
Shares

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । पैत्रिक धन सम्पतीको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । साताको अन्तमा विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने विदेशी लगानीबाट सञ्चालित सस्थामा काम गर्नेहरुका लागी समय शुभ रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको पहिलो दिन अर्थात आईतवारको समय मध्ययम रहेकोले व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । सोमबारबाट समय उत्तम रहेकोले प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रह योग रहकोछ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट गर्न सकिनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय उत्तम रहेकोले समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी वढाउदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । पढाइ लेखाइ कै सन्द्रर्भमा यात्राको तय हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साता मिश्रित रहेकोले प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध शुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । तरपनि गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । खानपान तथा मौसमको ख्याल गर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहजतातिर धकेलिनेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साता शुभ रहेकोले अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु अर्थात आईतवारको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । सोमबारबाट प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईँको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मंगलवारसम्मको समय मध्ययम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्ययम रहेकोछ । बुधवारबाट कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । बैक तथा बित्तिय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पति तथा विलाशी सम्पति उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रश्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेकोछ । बुधवार र बिहीवारको समय मध्ययम रहेकोले सजक नबन्दा आफन्त टाडनेछन् । कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साता मिश्रित रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबिधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । तरपनि भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु अर्थात आईतवारको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । सोमबारबाट समय उत्तम रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ । मिठो भोजनका साथ रमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले न्यालयसँग सम्वन्धीत काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्तको सुझावलाई वेवास्ता गर्दा दुख पाईनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको समय मिश्रित रहेकोले बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?