तपाईको आजको दिन शुभ या अशुभ ? राशिफलमा हेर्नुहोस्

लोकपथ
0
Shares

वि.सं. २०७८ साल वैशाख १९ गते । आईतवार । र्इस.२०२१ मार्च ०२ तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । वैशाख कृष्णपक्ष । तिथी– षष्ठी,२० बजेर ३५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूर्वाषाढा,१४ बजेर ३३ मिनेट उप्रान्त उत्तराषाढा । योग–सिद्ध,०७ बजेर ११ मिनेट उप्रान्त साध्य,२८ बजेर ४५ मिनेट उप्रान्त शुभ । करण–गर,०९ बजेर २६ मिनेट उप्रान्त वणिज,२० बजेर ३५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु, २० बजेर १९ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेटमा,सूर्यास्त १८ बजेर ३७ मिनेटमा । दिनमान ३२ घडी ५८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तसँग रमाईलो गर्न सकिनेछ भने भरपुर मनोरञ्जन लिन सकिनेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागी टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त, मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आट, शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईँको पक्षमा आउने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमिल जोडीहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शून्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखार्इमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महसुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?