पूर्व प्रधानमन्त्री खनाललाई कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

काठमााडौं । पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता खनाललाई शनिवार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

उनको हाल नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?