भेन्टिलेटर र आसोलेसनका लागि सांसद यादव र श्रीवास्तवद्वारा महानगरलाई ५८ लाख सहयोग

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले संयुक्त रुपमा कोभिड–१९ को रोकथाम र उपचारको लागि भेन्टिलेटर किन्न र आईसोलेसनका लागी ५८ लाख ८ हजार रकमको सहयोग गरेका छन् ।

बुधवार जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा विभिन्न योजना अन्तर्गतको विनियोजित बजेट कट्टा गरी अहिले स्थानीयवासीको जीवन रक्षा र कोभिड महामारीको प्रकोप रोकथामको विषयमा गहन छलफल भएको थियो । छलफलमा निर्वाचन क्षेत्र नं. १ र २ को संसदीय विकास कोषबाट संचालित स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोभिड १९ नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

साथै संसदिय निर्वाचन क्षेत्र नं. १ र २ को योजनाहरुको ५८ लाख ८ हजार रुपैयाँ वीरगन्ज महानगरपालिकालाई भेन्टिलेटर र स्वास्थ्य उपकरण खरिदका लागि दिने निर्णय वैठकले गरेको छ । सरकारको निति अनुसार स्थानिय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद प्रदिप यादवले बताए ।

बैठकबाट निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गत पर्ने स्थानिय तह वीरगन्ज महानगरपालिकालाई परिपत्र गरी सोबारे जानकारी गराउने निर्णय गरिएको पर्सा निर्वाचन क्षेत्र नं १ का संघिय सांसद यादवले बताएका छन् । उनले चाडै खरिद प्रक्रिया पुरा गरी जनताको सेवामा लाग्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाले कोरोना नियन्त्रणको लागि यो रकमले थप कार्य गर्न सहज हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादवको संसदीय विकास कोषबाट खरीद गरिएको एम्बुलेन्स र शव वाहन पर्सा क्षेत्र नं।१ मा पर्ने वीरगंज महानगरपालिकालाई यसै हप्ता उद्घाटन गरी हस्तान्तरण गरेका छन् ।

स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना महामारी नियन्त्रणका लागी प्रस्तावित विकास वजेट बाट कटा गरेर कोरोना रोकथामका लागी रकम जुटाउने कार्य गरिएको सांसद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?