१३ माघ २०७९, शुक्रवार

कोरोना नियन्त्रणमा सरकारले लत्तो छोडेको भन्दै विवेकशील साझाले दियो यस्ता ६ सुझाव

२०७८,बैशाख,१८,शनिवार १४:२३

63
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना दोस्रो लहर आएसँगै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा लत्तो छोडेको भन्दै आपत्ति जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको भन्दै विभिन्न सुझावहरु समेत सरकारलाई दिएको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दोस्रो लहर आउने समयमा सरकारले तयारी गर्न आलटाल गरेको आरोप समेत लगाएको छ । साथै कोरोनाको यो अवस्थामा आउनको जिम्मेवार ? भन्दै प्रश्न समेत गरेको छ ।

‘कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ- ‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो। कोरोना सङ्कट हामीमाझ अहिले अपर्झट आइपरेको हैन। कोरोना महामारीको पहिलो चरण सुरु भएको एक वर्षभन्दा बढीको यो अवधिमा सङ्क्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर थियो।’

यस्ता छन् विवेकशील साझाको ६ सुझावहरु :

१) काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत-साधनको समुचित प्रयोग।
२) सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना।
३) सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल।
४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी.पी.ई. (PPE) जस्ता आवश्यक सामाग्री सहयोगको अपिल।
५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन।
६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी।
विवेकशील साझा पार्टी आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोना विरुद्धको सङ्घर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न पुनः आह्वान गरेको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,१८,शनिवार १४:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुने भएको छ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार संघ र

नेपाली क्रिकेटलाई सुधार्न र माथिल्लो श्रेणीमा उकाल्न पटक पटक प्रशिक्षकहरु ल्याइने गरे पनि यसको स्थिरतामा भने प्रश्न उठ्न थालेका छन्

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

ताजा समाचार