धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

RSS
105
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुटुका रोगी उनलाई शुक्रवार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रवार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू शैया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?