मजुदर दिवसको शुभकामना दिँदै सभापति देउवाले सम्झिए जुट मिलको आन्दोलन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर दिवसको शुभकामना दिँदै विराटनगर जुट मिलको आन्दोलनको स्मरण गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा २००३ सालमा विराटनगरको जुट मिलबाट श्रमिकहरुको हक अधिकारको लागि श्रमिक आन्दोलन शुरु भएको बताए ।

आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले देश विदेशमा बस्ने बसैलाई मजदुर दिवसको शुभकामना दिएका छन् ।

यस्तो छ सन्देश

~~मे दिवसको शुभकामना~~
अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण श्रमजिवि समुदायहरुमा हार्दिक शुभ कामना व्यक्त गर्दछु । नेपाली कांग्रेसको नेतृत्त्वमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकहरुको हक, हित र अधिकारको माग गर्दै श्रमिक आन्दोलन सुरु भएको थियो । म आज मे दिवसको दिनमा विराटनगर जुट मिलको आन्दोलनको स्मरण गर्दै
फेरि पनि सबैमा शुभ कामना व्यक्त गर्दछु ।
जय नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?