काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चगामी र परिवर्तन विरोधीहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको उल्लेख गर्दै श्रमजीवि वर्गको संघर्षबाट प्राप्त उपलब्धीमाथि सरकारबाट निरन्तर प्रहार भइरहेको बताए ।
पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले कोरोना महामारीका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग समस्यामा परेको भन्दै उनीहरुलाई उचित राहतसहित खाद्यान्न र वैकल्पिक व्यवस्थाप गर्न सरकार सँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया