श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ अध्यक्ष तिमिल्सिनाले मजदुर वर्गको राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको हक हितका लागि सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको दोस्रो लहरका कारण देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको भन्दै सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?