आजको दिन कस्तो रहनेछ ? चियाको चुस्की लिँदै हेर्नुहोस् राशिफल

काठमाडौंवि.सं. २०७८ साल वैशाख १८ गते । शनिवार । इ.स.२०२१ मार्च ०१ तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । बैसाख कृष्णपक्ष । तिथी– पंचमी ,२२ बजेर २२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मूल,१५ बजेर ४० मिनेट उप्रान्त पूर्वाषाढा । योग– शिव,०९ बजेर ५१ मिनेट उप्रान्त सिद्ध । करण–कौलव,११ बजेर २२ मिनेट उप्रान्त तैतिल,२२ बजेर २२ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेटमा,सूर्यास्त १८ बजेर ३६ मिनेटमा । दिनमान ३२ घडी ४५ पला । मजदुर दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ । विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायालयसँग सम्बन्धित कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धबहरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछी परिनछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ढिलाशुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागी समय प्रतिकुल रहेकोछ भने प्राप्ताङक आफुतिर ल्याउन निकै मेहेनत गर्नु पर्नेछ । पुर्ख्यौली सम्पती तथा भौतिक सम्पतिमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?