राष्ट्रपति भण्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई होली सी तथा सर्बियाको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ (१) बमोजिम उक्त नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?