एमसीसीबारे भ्रम फैलाइयो भन्दै जंगिए देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाएका छन् ।

आज सभापति देउवा निवासमा गरिएको पत्रकार सम्मेलनका क्रममा सभापति देउवाले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै असन्तुष्टि जनाएका हुन् ।

अमेरिकाले एमसीसी मार्फत सित्तैमा ठुलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको बताए । एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुठा प्रचार गरिएको उनको भनाई छ ।

सभापति देउवाले भने( ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो । मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यत्ति भएको हो क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो ।’

त्यस्तै पत्रकार सम्मेलनमा सभापति देउवाले सांसदको संख्या नपुगेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताएका छन्। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको भएपनि सांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताएका हुन् ।

जसपाले साथ नदिदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उनको भनाई छ । उनले भने– ‘नेपाली कांग्रेस पार्टीले नि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ नि । तर संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन चाहेर हुन्छ त ? प्रधानमन्त्री हुन चाहान्छु भनेर प्रधानमन्त्री हुन्छ र ? संख्या पुगेको छैन । त्यही भएर सकिएन । हामी सँग संख्या पुग्दैन यो सत्य कुरा हो । जसपाले उता सहयोग गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?