पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई शल्यक्रिया सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौंको वीर अस्पतालमा डा. भट्टराईको न्युरो-इण्डोक्राइन ट्युमरको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रो.डा.सुबोध अधिकारीको नेतृत्वको टोलीले डा भट्टराईको सल्यक्रिया गरेका हुन् ।

शल्यक्रियाका लागि डा. भट्टराई बुधवार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?