काठमाडौं । पछिल्ला केहि दिनमा नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भइरहेको छ ।
यसैक्रममा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसो त बिहीवार (हिजो) नेपालमा ४८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनाको मृत्यु भएसँगै मृतक संख्या ३ हजार २ सय ७९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय २८ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । भने हाल क्वारेन्टाइनमा ५५ जना मात्रै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया