कोरोना रोकथाम तथा नियन्त्रणमा सबै तहलाई सक्रिय बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै तहलाई सक्रिय बनाउने भएको छ ।

आज पत्रकार सम्मेलन गरि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो बताएका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै तहहरुलाई सक्रिय बनाइनेछ । उनले भने । नेपाली कांग्रेसले सरकारको चरम लापरवाहीको कारणले निषेधाज्ञाको अवस्थामा पुगेको आरोप लगाएको छ ।

त्यस्तै सभापति देउवाले सरकार बेलैमा कोरोना रोकथाममा नलागेको कारण यस्तो अवस्था सिर्जना आइपरेको बताए ।

कोरोना संक्रमणको कारण देशको स्वास्थ्य अवस्था जटिल बन्न गएको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
‘देशको अवस्थाले धान्न नसकिने अवस्था पुगेको छ । सरकारको चरम लापरवाहीका कारण अहिले लकडाउनको अवस्थामा पुगेको हो ।’  सभापति देउवाले भने- ‘यो सरकारले नयाँ विगतको कामबाट सिक्छ। न कांग्रेस लगायत सुभेच्छुकहरुले दिएको सुझाव सुन्छ ।’

त्यस्तै पीसीआर परीक्षण नै नगरी निषेधाज्ञा गरेर गाउँ गाउँमा मानिसहरु गएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

‘कोरोना परीक्षण नै नगरी लकडाउन गरेका कारण गाउँगाउँ कोरोना पुग्यो ।’ सभापति देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?