सरकारको लापरवाहीले देश निषेधाज्ञाको अवस्थामा पुग्यो भन्दै कांग्रेसले दियो यस्ता सुझाव

काठमाडौं । नेपाली कांग्रेसले सरकारको चरम लापरवाहीको कारणले निषेधाज्ञाको अवस्थामा पुगेको आरोप लगाएको छ ।

शुक्रवार (आज) कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै सरकारले बेलैमा कोरोना रोकथाममा नलागेको कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

कोरोना संक्रमणको कारण देशको स्वास्थ्य अवस्था जटिल बन्न गएको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह उनले गरेका छन् ।

देशको अवस्थाले धान्न नसकिने अवस्था पुगेको छ । ‘सरकारको चरम लापरवाहीका कारण अहिले लकडाउनको अवस्थामा पुगेको हो । सभापति देउवाले भने- ‘यो सरकारले नयाँ विगतको कामबाट सिक्छ। न कांग्रेस लगायत सुभेच्छुकहरुले दिएको सुझाव सुन्छ ।’

त्यस्तै पीसीआर परीक्षण नै नगरी निषेधाज्ञा गरेर गाउँ गाउँमा मानिसहरु गएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

‘कोरोना परीक्षण नै नगरी लकडाउन गरेका कारण गाउँगाउँ कोरोना पुग्यो ।’ सभापति देउवाले भने ।

कांग्रेसले सरकारलाई दियो यस्ता सुझाव दियोः

  • कोभिड उपचारका लागि अक्सिजन भेन्टिलेटर लगायतका स्वास्थय उपकरणहरुको व्यवस्था गरियोस्
  • आवश्यक अस्पताल आइसियू बेड लगायतका स्वास्थय पूर्वाधार र औषधीको व्यवस्था गरियोस्
  • देशका विभिन्न जिल्लामा कन्ट्रयाक ट्रेसिङलाई बढाईयोस्
  • सीमा नाकाहरुमा पीसीआर परीक्षण बढाइयोस र रिपोर्ट नआन्जेलसम्मका लागि होल्डिङ सेन्टरमा राखियोस्
  • स्वास्थ्य कर्मी सफाई कर्मी सुरक्षाकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराइयोस्
  • लकडाउनका समयमा पनि किसानका उपभोग्य आपूर्तीलाई सहज बनाइयोस्
  • लकडाउन साना व्यवसायीलाई सहुलितयत दिइयोस् ।

यसैगरी कोरोना रोकथाम तथा नियन्त्रणका केन्द्रदेखि स्थानीय तहसम्मका सबैलाई सक्रिय बनाउ आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?