काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थेग्नै नसकिने गरी कोरोना संक्रमित बढिरहेको भन्दै थप सतर्क रहन आग्रह गरेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण निकै डरलाग्दो भएको जनाएको हो । विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कन्चनपुरमा संक्रमण दर निकै डरलाग्दो भएको उल्लेख गरिएको छ ।
यी जिल्लाहरूमा अस्पतालको शैया समेत उपलब्ध गराउन नसकिने अवस्था भएको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न गराउन र संवेदनशील बन्न अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया