काठमाडौँ- निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।
आगामी जेठ ६ गते हुने निर्वाचनका लागि आयोगले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो।
उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ। यस्तै आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया