आईपीएल २०२१ : इन फर्म बैंगलोर विरुद्ध आउट अफ फर्म पंजाब

काठमाडौं।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रवार) रोयल च्यालेन्जर्स बैंगलोर र पंजाब किंग्स प्रतिस्पर्धा गर्दै छन्।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे खेलिने आजको खेलमा बैंगलोर बलियो देखिन्छ। ब्याटिङमा एबी डेविलियर्स, देवदत्त पाडिकल, ग्लेन म्याक्सवेल र विराट कोहली जस्ता दिग्गज नाम सम्मिलित बैंगलोरको बलिङ युनिटले पनि यस संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको छ। ६ खेलमा १७ विकेट लिएका हर्षल पटेलले सबैलाई आश्चर्यचकित बनाएका छन्। बैंगलोरका तेज गतिका बलरहरुले अहिलेसम्म २१.६ को औसतमा ३१ विकेट लिसकेका छन्।

उता क्रिस गेल, निकोलस पुरण, के.एल. राहुल, मयंक अग्रवाल जस्ता धुरन्धर टी-ट्वेन्टी ब्याट्सम्यान रहेको पंजाबको टोलीले यस संस्करणमा आफ्नो तालमेल मिलाउन सकेको छैन। ६ खेलमा मात्र २ जित निकाल्न सफल पंजाब अंक तालिकाको छैटौं स्थानमा छ।

पंजाबलाई हराउँदै बैंगलोर भने अंक तालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?