घरायसी विवादमा झगडा, श्रीमतीको मृत्यु

नवलपरासी । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजन रहेका छन् ।

उनले आफ्नी ३० वर्षीया सलन्ती हरिजनसँग घरायसी विवाद हुँदा झैझगडामा कुटपिट गरेका थिए ।

घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई पक्राउ गरि घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?