एनएसएल : दोस्रो जित निकाल्न काठमाडौं र पोखरा आतुर

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) मा आज (शुक्रवार) को एकमात्र खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्स भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे खेलिने सो खेलमा काठमाडौं र पोखरा आफ्नो दोस्रो जितको खोजीमा रहनेछन्।

विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलले पराजित गरेपनि दोस्रो खेलमा धनगढी एफसीसँग ३-० गोल अन्तरले पराजय भोगेको थियो।

उता नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखराले बुटवल लुम्बिनी एफसीसँग २-० गोलले हार बेहोरेपछि दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई १-० गोलले स्तब्ध बनाएको थियो।

अंक तालिकाको चौथो स्थानमा रहेको पोखरा र पाँचौं स्थानमा रहेको काठमाडौं आफ्नो दोस्रो जितको खोजीमा आज मैदान प्रवेश गर्ने छन्।

हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ गोलको बराबरी खेल खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?