कांग्रेस सभापति देउवाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् ।

आज दिँउसो ३ बजेका लागि सभापति देउवाले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा आफ्नो पार्टीले खेल्न सक्ने भूमिका साथै सरकारले गर्नुपर्ने काम कारबाहीका विषयमा जानकारी गराउनका लागि पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

“आजको छलफल मुख्यत कोरोनाकै विषयमा हुनेछ । सभापतिले जनतालाई कोरोनाबाट जोगाउनका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको र त्यसका लागि कसरी अगाडि बढ्नुपर्दछ भन्ने विषयमा जानकारी गराउनका लागि पत्रकार सम्म्मेलन आयोजना गरिएको हो ।” मुख्यसचिव पौडेलले भने ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे देउवानिवास बुढानिलकण्ठमा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?