प्रधानमन्त्री ओली र रुसी राजदूतबीच भेट, खोप उपलब्ध गराउनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई नोभिकोभले भेटवार्ता गरेका छन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक(भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

त्यस्तै राजदूत नेभोकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक भएको प्रतिवद्धता व्यक्त गरेको बताए ।

त्यसैगरी भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?