निषेधाज्ञाको दोस्रो दिन : बजारमा कस्तो छ तरकारीको भाउ ? ( मूल्य सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार आजको लागि प्रतिकेजी कालो अंगुरको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

त्यस्तै अदुवाको प्रतिकेजी मूल्य ८०, रातो आलु ४७ रुपैयाँ ५० पैसा, स्थानीय काउली ४५ रुपैयाँ र लोकल काक्रो प्रतिकेजी ७५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तैगरी कागती प्रतिकेजी २२० रुपैयाँ, हरियो अकबरे खुर्सानी प्रतिकेजी मूल्य १९० रुपैयाँ र लोकल गाजर प्रतिकेजी मूल्य ५५ रुपैयाँ रहेको समितिले जनाएकोे छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले बिहीवारदेखि काठमाडौं उपत्यकासहित धेरै जिल्लाहरुमा निषेधाज्ञा लागू गरेको छ । त्यसको प्रत्यक्ष असर बजारमा पर्ने देखिन्छ । लकडाउन तथा निषेधाज्ञाका कारण हुनसक्ने कालोबजारीलाई रोक्न सरकारले तयारी थालेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

 

लोकपथबाट प्रकाशित यो सामाग्री पढ्नुभएको थियो ?

निषेधाज्ञा : दैनिक उपभोग्य वस्तुको आकाशियो मूल्य, बजारमा कृत्रिम अभाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?