दाङमा आजदेखि ९ दिन लकडाउन

लोकपथ
208
Shares

दाङ । दाङमा आज बिहान देखि लकडाउन भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको दाङमा कोरोना नियन्त्रणका लागि आज बिहान ६ बजेदेखि लागु हुनेगरी बैशाख २५ गते बेलुकी ६ बजेसम्मका लागि लकडाउन गरिएको हो ।

मंगलवार घोराहीमा सम्पन्न सर्वदलीय बैठकले आजदेखि लागु हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन शुरु भएसँगै सार्वजनिक तथा नीजि यातायातका साधन चलेका छैनन् भने बजार सुनसान भएको छ ।

दैनिक उपभोग्य सामग्रीको खरिदको लागि खाद्यान्न पसल भने बिहान ६ बजेदेखि ८ बजेसम्म खोल्न दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?