आजपनि देशको पहाडी भू-भागमा वर्षाको सम्भावना

लोकपथ
98
Shares

काठमाडौं । आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का बर्षा हुने मौसम रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?