नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन रुस सकारात्मक

RSS
70
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरे । राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?