अर्घाखाँचीको जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला

RSS
63
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गाउँपालिकाको वार्ड १३ देउरालीको जङ्गलमा शितगंगा ४ का ६१ बर्षीय दुर्गा बहादुर बिक मृत अवस्थामा फेला परेका छन् । घरबाट हराएको एक महिना पछि बिक जङ्गलमा मृत फेला परेका हुन् ।

गोठालाले शव देखेपछि इलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । सबलाई पोष्टमार्टमका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाएको छ । शव सडिसकेको अवस्थामा फेला परेको थियो । पाँच बर्ष अघि भारतबाट आएपछि उनी भान्जा ईन्द्र बहादुर बिकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?