रोचक बन्दै सबै प्रदेशको राजनीति : लुम्बिनीमा जसपाका ४ सांसदलाई कारवाही

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई कारवाही गरेको छ ।

जसपाले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारवाही गर्दै प्रदेशसभा सदस्यबाट समेत निष्काशन गरिएको हो ।

साथै उनीहरुले पार्टीको नियमविपरित काम गरेको भन्दै उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले जानकारी गराएको छ ।

प्रदेशसभा सचिवालयले बिहीवार एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार ४ जनालाई नै कारवाही गरेको हो ।

गत पुस ५ गतेपछि नेपालमा केन्द्रमा देखिएको राजनीतिक फेरबदल पछि प्रदेशको राजनीतिमा समेत विभिन्न मोडहरु देखा परेका छन् । सबै प्रदेश २ बाहेक अन्य सबै प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा भने मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मतदान मार्फत आफ्नो सरकार जोगाएका छन् । भने गण्डकी प्रदेशमा सरकार जोगाउने वा ढाल्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?