काठमाडौं । नेपालमा हाल कुल ३४ हजार १ सय १७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलालीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमितहरू रहेका छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार सक्रिय संक्रमितमध्ये २ हजार ३ सय ६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन्।
सबैभन्दा बढी २० देखि ३९ वर्षका
बिहीवार (आज) पुष्टि भएका संक्रमितमध्ये काठमाण्डूका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन्।
रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन्।
थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।
यसैगरी हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको र ५९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि बुधवार नेपालमा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको र १७ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया