२०७८,श्रावण,१०,आईतवार

सबैको ध्यान कांग्रेसतिर ! केन्द्रीय कार्य समिति बैठक सुरु

२०७४,आश्विन,२०,शुक्रवार ०७:१०


सत्तारुढ नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सूरु भएको छ ।मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहानबाट सुरु भएको बैठकमा संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने विषयमा केन्द्रित भएर छलफल भईरहेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनु भयो । बैठकले दुवै तहको निर्वाचनका लागि उम्मेदवार तय गर्ने मापदण्ड पनि बनाउनेछ । नेता बडुले जनतासँग लोकप्रिय नेताहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिने तयारी भईरहेको पनि बताउनु भयो ।बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेपछि आफूले लोकतान्त्रिक पक्षधर शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जाने तयारीलाई अघि बढाएको जानकारी दिनु भएको थियो । आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उद्देश्यका साथ एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेपछि सत्तारुढ नेपाली काँग्रेसले पनि लोकतान्त्रिक पक्षधर ६ वटा राजनीतिक दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्

काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा

ताजा समाचार

कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२
सत्ता गठबन्धनले बनाए यस्तो खाका
 २०७८,श्रावण,१०,आईतवार ०७:४४