लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाईन (टेलिफोन) सेवा शुरु गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजिव सापकोटाका अनुसार भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भए पछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको शुरुवात गरेको हो ।
कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।
हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन् ।
सो सेवा संचालन गर्नको लागि डा। अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधी (नयाँ डिल्ली), डा सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।
कोरोना भाइरसको संक्रमण कारण हाल सम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया