शेयर बजार २५ अंकले बढ्यो

काठमाडौं । बिहीवार शेयर बजारमा सुधारको संकेत देखिएको छ ।

आज शेयर बजार २५.८२ अंकले बढेर २६११.१० मा पुगेर रोकिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ९८ लाख १८ हजार ४६ कित्ता शेयरको किनबेच भएको छ भने ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४९ रुपैँया बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज होटल तथा पर्यटन क्षेत्र र लगानी बाहेकका सबै उपसमूहरुको कारोबार बढेको छ । विहिबार २१७ कम्पनीको झन्डै ५१ हजार पटक कारोबार भएको छ । बिहिवार १३९ कम्पनीको सेयर मूल्य बढेको छ ।

बिहीवार महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज यस लघुवित्तको शेयरको मूल्य ३ हजार १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जीको मूल्य पनि १० प्रतिशतले बढेरको छ । त्यस्तै,विशाल बजार कम्पनीको सेयर कारोबारमा आज सकरात्मक कारोबार गरेको छ ।

त्यस्तै, सान्जेन जलविद्युत, एनआरएन इन्फ्रास्टक्चर लगायतका कम्पनीहरुको कारोबार सबैभन्दा बढी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?