अब अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श सेवा, शुरु भयो ह्याप्पी माइन्ड्स् डट हेल्थ

लोकपथ
98
Shares

काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ शुरुआत गरिएको हो ।

गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरुलाइ अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिइन् ।

संगीतले पनि थेरापीको काम गर्ने बताउंदै उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ‘ह्याप्पी माइन्ड्स् डट हेल्थ’ को सफलताको कामना पनि गरिन् ।

‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।

‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् । डा.शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउंदै रोजगारदाताहरुलाइ आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाइ आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

viber_image_2021-04-26_15-00-05.jpg

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे।

ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको बताइन् ।

कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो ।’

ह्याप्पी माइन्ड्स् डट हेल्थ (www.happyminds.health) ले आफ्नो सेवा अनलाइन माध्यमबाटै गोपनीयताका साथ जुम र अनलाइनको सहायताले विशेषज्ञहरूले सञ्चालन गर्ने प्रबन्ध निर्देशक गिरीले बताइन् ।

प्रबन्ध निर्देशक गिरीले नै यो सेवा र प्लेटफर्मको अवधारणा ल्याएकी हुन् । गत वर्ष लन्डनमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका बेला कोभिड–१९ प्रकोप शुरु भएपछि आफू पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताइन् ।

HM_03.jpg

‘लकडाउनका बेला निरास र एक्लो’

लकडाउनका बेला आफूलाई निरास र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोगेको उनले बताइन् । ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो,’ गिरीले भनिन् ।

Subeskha X Happy minds.jpg

शैक्षिक संस्थान, कर्पोरेट र विभिन्न संगठनसँग साझेदारी गर्ने पनि लक्ष्य लिइएको गिरीले बताइन् । ‘ह्याप्पी माइन्ड्स् टिमले स्कूल र कलेज, कर्मचारी सहायता कार्यक्रम, प्राथमिक उपचार, मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला र अन्य थुप्रै सेवा प्रदान गर्न योजनाबद्ध कार्यक्रम बनाएको छ,’ उनले भनिन् ।

सिंगापुर रेडक्रसकी प्रतिनिधि कल्पना क्षेत्री, इथियोपियाका लागि मानार्थ महावाणिज्यदूत राजेन्द्र गिरी, नर्थफेस, टिम्बरल्याण्ड र कोलम्बिया ब्रान्डकी सञ्चालक डिकिला लामा लगायतले ‘ह्याप्पी माइण्ड्स् डट हेल्थ’ मानसिक स्वास्थ्य सेवाका लागि महत्त्वपूर्ण अनलाइनमाध्यमका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?