काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रका ७८ वर्षीय पिता रामकृष्ण मल्लको निधन भएको जानकारी दिएका छन्।

यसै शनिवार नेपाललाई त्रिकोणात्मक टी-ट्वेन्टी शृंखला जिताउन सफल भएका ज्ञानेन्द्रका पिताको अन्तिम संस्कार बिहीवार बिहान सम्पन्न भइसकेको जानकारी लामाले दिएका छन्। एक साता यता उनको स्वास्थमा समस्या आएको थियो।
ज्ञानेन्द्र सहित उनका ६ सन्तान छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया