काठमाडौं । युरोपा लिग अन्तर्गत आज दुई सेमीफाइनल खेल खेलिंदै छन्। इंग्लिश क्लबहरू म्यानचेस्टर युनाइटेड र आर्सनल क्रमशः इटालियन क्लब रोमा र स्पेनिश क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै छन्।
नेपाली समय अनुसार मध्यान्न १२:४५ बजे शुरु हुने दुबै सेमी फाइनल खेलको आज पहिलो लेग खेलिन लागेको हो।
म्यानचेस्टर युनाइटेडले रोमासँगको आजको खेल आफ्नै घरेलु मैदान, ओल्ड ट्राफोर्डमा खेल्ने छ। सन् २०१७ को युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेड यो संस्करणको दावेदार टोली मानिएको छ। उता रोमा पनि उनाइटेडको घरेलु मैदानमा जित निकाल्दै फाइनल यात्रा सहज बनाउन चाहन्छ।
त्यस्तै अर्को खेलमा आर्सनलले भिल्लारियलको घरेलु मैदानमा आजको खेल खेल्ने छ। आफ्नो भूतपूर्व प्रशिक्षक उनाइ एमरीको भिल्लारियललाई हराउँदै आर्सनल फाइनल यात्रा सहज बनाउने उद्धेश्यले मैदानमा उत्रने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया