काठमाडौं । बिहीवार दिउँसो काठमाडौं उपत्यका लगायत आसपासका विभिन्न जिल्लाहरुमा हावाहुरिसहित वर्षा भएको छ ।
बिहान सफा रहेको मौसम दिउँसो एकाएक अन्धाकार भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको बताएको थियो । त्यस्तै तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाई छ ।
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया