चट्याङ लागेर एक जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका-४ कालिपा बस्ने ४६ वर्षीय लोकमान गुरुङको चट्याङ लागेर बुधवार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?