६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

लोकपथ
231
Shares

काठमाडौं । कपिलवस्तुमा ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका-२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?