कैलालीमा निषेधाज्ञा प्रभाव : भारतबाट फर्किए, गौरीफन्टामा अलपत्र

लोकपथ
175
Shares

धनगढी । भारतमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिएसँगै नेपाल फर्किएका नागरिकहरु कैलालीको सीमा नाका गौरीफन्टामा अलपत्र परेका छन् ।

No description available.

रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएकाहरु कोरोनाबाट बच्न स्वदेश त फर्किए । तर कैलालीमा निषेधाज्ञा जारी भएका कारण उनीहरु नाकामै अलपत्र परेका हुन् ।

No description available.

निषेधाज्ञापछि सम्पूर्ण सवारी साधन बन्द भएका कारण नेपालीहरु घर पुग्न पाएका छैनन्। उनीहरु चर्को घर्मीमा नाकामै अलपत्र परेका छन् ।

भारतबाट फर्किएकाहरुलाई घर पुर्‍याउने व्यवस्था नगरिदिएको भन्दै उनीहरु निराश बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?