आईपीएल २०२१ः दुई अम्पायरले लिए नाम फिर्ता

काठमाडौं।  कोरोनाको दोस्रो कहरले ग्रस्त भारतमा आईपीएलको १४औं संस्करण भने रोकिएको छैन । यसै बिच आईपीएलसँग अनुबन्धित अम्पायर नितिन मेनन र पाउल राईफलले यस संस्करणबाट नाम फिर्ता लिएको कुरा  सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आईसीसी इलाईट प्यानलमा रहेका एकमात्र भारतीय अम्पायर नितिन मेननले पारिवारिक कारण देखाएर आफ्नो नाम फिर्ता लिएका हुन्। त्यस्तै अष्ट्रेलियन अम्पायर पाउल राईफलले पनि यस संस्करणको आईपीएलबाट नाम फिर्ता लिएको कुरा सार्वजनिक भएको छ।

यसअघि रोयल च्यालेन्जर्स बैंगलोरका एडम जम्पा, केन रिचार्डसन, राजस्थान रोयल्सका एन्ड्रयू टाई र दिल्ली क्यापिटल्सका रवि आश्विनले आईपीएल छाडिसकेका छन्।

भारतमा बुधवार मात्र ३ लाख ८० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ६ सयको मृत्यु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?