७ चैत्र २०७९, मंगलवार

सबैको ध्यान कांग्रेसतिर ! केन्द्रीय कार्य समिति बैठक सुरु

२०७४,आश्विन,२०,शुक्रवार ०७:१०

9
Shares

सत्तारुढ नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सूरु भएको छ ।मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार विहानबाट सुरु भएको बैठकमा संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने विषयमा केन्द्रित भएर छलफल भईरहेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनु भयो । बैठकले दुवै तहको निर्वाचनका लागि उम्मेदवार तय गर्ने मापदण्ड पनि बनाउनेछ । नेता बडुले जनतासँग लोकप्रिय नेताहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिने तयारी भईरहेको पनि बताउनु भयो ।बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेपछि आफूले लोकतान्त्रिक पक्षधर शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जाने तयारीलाई अघि बढाएको जानकारी दिनु भएको थियो । आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उद्देश्यका साथ एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेपछि सत्तारुढ नेपाली काँग्रेसले पनि लोकतान्त्रिक पक्षधर ६ वटा राजनीतिक दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ । लामिछानेलाई अख्तियारको

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६