निषेधाज्ञाको पहिलो दिन, के भयो सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीवार तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आजदेखि उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । जसको प्रत्यक्ष असर सुनचाँदी बजारमा पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?