काठमाडौं । सरकारले बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरेसँगै उपत्यकाबाट करिब दुइ लाखको हाराहारीमा मानिसहरु गाउँ फर्किएका छन् ।
बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जनाएको छ । महाशाखाका अनुसार, सडकमार्ग र हवाई मार्गबाट मंगलबारसम्म बाहिरिनेको संख्या ९१ हजार ७ सय २ जना पुगेको छ भने बुधबार हवाईमार्गसहित ५४ हजार बाहिरिएका छन् ।
सोमबार हवाई तथा सडकमार्ग हुदै कुल ५६ हजार ७ सय काठमाडौंबाट बाहिरिएकोमा त्यसमध्येबाट सडकमार्गबाट बाहिरिनेमा ५० हजार ४ सय ५६ जना थिए । सडकमार्गतर्फ मंगलबार ३ हजार ५ सय ५४ सवारीबाट २७ हजार ७ सय ८० यात्रु काठमाडौंबाट बाहिरिएका छन् भने हवाईमार्ग हुदै ७ हजार २ सय २० यात्रु बाहिरिएका छन् ।
उपत्यकाको थानकोट, कोटेश्वर लगायतका नाकाहरुबाट उपत्यका छाड्नेको भीड बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया