२०७८,श्रावण,१०,आईतवार

संघ र प्रदेशका लागि प्रमुख दलले छाने उम्मेदवार

२०७४,आश्विन,२०,शुक्रवार ०७:०४


आठराई, तेह्रथुम, २० असोज ।संघीय र प्रादेशिक निर्वाचनका लागि जिल्लाका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरेका छन् ।नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् ।काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई संघको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ । संघको निर्वाचनमा समानुपातिकतर्फ पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्व जिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको हो ।यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपिन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ ।क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम सिफारिस भएको छ ।एमालेबाट भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सभासद् भवानीप्रसाद खापुङ, तेजमान कन्दङ्वा र विष्णुमाया विकको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदीको नाम सिफारिस भएको छ । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष लक्ष्मण तिवारी र किशोरचन्द्र दुलालको नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामाको नाम सिफारिस भएको छ ।समानुपातिकतर्फ क्षेत्र नं १ बाट अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।क्षेत्र नं २ बाट रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्कीको नाम सिफारिस भएको छ ।माओवादी केन्दबाट संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस भएकोे छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ ।प्रदेशतर्फ क्षेत्र नं. १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिसमा परेका छन् ।यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेशसभाबाट पारित

मोरङ । प्रदेश – १ का उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री जगदीशप्रसाद कुसियतले बजेट घाटा एवं कोभीड – १९ को

मोरङ । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । बैठकमा

काठमाडौँ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार आयोजनामा कार्यरत

ताजा समाचार

जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२
सत्ता गठबन्धनले बनाए यस्तो खाका
 २०७८,श्रावण,१०,आईतवार ०७:४४