काठमाडौं । बिहीवारदेखि काठमाडौंं उपत्यकामा निषेधाज्ञा हुने भएपनि उपत्यकाका सम्पूर्ण पेट्रोल पम्पहरु खुल्ने भएका छन् ।
नेपाल आयल निगमले बुधवार एक सूचना जारी गरी बागमती प्रदेश अन्तर्गको थानकोट कार्यालयसहित उपत्यकाका पेट्रोल पम्पहरु खुल्ने बताएको हो ।
पेट्रोलियम पदार्थको सहज र सरल ढङ्गबाट आपूर्ति तथा बिक्री वितरणको लागि सम्पूर्ण पेट्रोल पम्पहरु सञ्चालन गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया