नयाँ नियम : विदेश जाने व्यक्तिको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने

लोकपथ
112
Shares

काठमाडौं – सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तीमा विदेश जानेको पीसीआर परीक्षण ‘ए’ वर्गका प्रयोगशालामा मात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने उल्लेख छ ।

मन्त्रालयका अनुसार आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेपछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?